सबैको लघुवित्तको लाभांश प्रस्ताव, १८ करोड ६४ लाख पूँजी पुग्ने

Sep 16, 2019 11:00 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था (SABSL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको भदौ २९ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैंठकले लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँको १३ प्रतिशतले हुन आउने २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बोनस वितरण पछि लघुवित्तको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौं त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तले गत साउन १ गतेदेखि ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो। सो शेयर साउन १० गते बाँडफाँड भएर  भदौ ५ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुलेको थियो ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।