सनराइज बैंकले बढाएर प्रस्ताव गर्यो लाभांश

Sep 18, 2019 10:59 AM Merolagani



सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा बढाएर लाभांश  प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश घोषणा गरेको हो।

भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। अघिल्लो वर्षको तुलनामा बैंकले ४.३० प्रतिशत धेरै लाभांश प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। बोनस पश्चात बैंकको चुक्ता पूँजी  ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुग्नेछ।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ११.५० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।

बैंक सञ्चालक समितिको ३२६ औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँको बोनस र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश गरि कूल १ अर्ब २८ करोड ८१ लाख ३ हजार ८२४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गत आवमा बैंकको शेयरधनीकोषमा (बाँड्न मिल्ने रकम) १ अर्ब ४८ करोड १२ लाख र शेयर प्रिमियममा १२ करोड ७१ लाख ६१ हजार रुपैयाँ रहेको थियो। सोबाट बैंकले शेयरधनीलाई गत आर्थिक वर्षमा १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा एक अर्ब ११ करोड ७७ लाख ४१ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १५.५८ प्रतिशतले बढेर १ अर्ब ७० करोड ७० लाख रुपैयाँ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।