वोमी लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन

Sep 30, 2019 09:31 AM Merolagani



वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले असोज ६ गतेदेखि लिलामीमा ल्याएको एक लाख २३ हजार २१३ कित्ता शेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन रहेको छ।

लघुवित्तले हकप्रदमा अवितरित संस्थापक समूहको ७६ हजार ७०३ दशमलव ८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९ दशमलव २० कित्ता सेयर गरी कूल १ लाख २३ हजार २१३ कित्ता शेयर असोज १३ गतेसम्म आवेदन गर्न पाउने गरि लिलामी बिक्रीमा ल्याएको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबै समुहतर्फको लागि न्यूनतम १०० कित्ता वा त्यस भन्दा बढी १० अंकले भाग जाने सख्यामा आवेदन गर्न सकिन्छ। अधिकतम सबै कित्ता शेयरको लागि बोलपत्र पेश गर्न सकिन्छ । 

नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेकाले हाल कम्पनीको शेयर कारोबार रोक्का छ। कारोबार रोक्का हुँदा वोमी लघुवित्तको एक हजार ११६ रुपैयाँमा शेयर कारोबार बन्द भएपनि पछिल्लो समय शेयर बजारमा देखिएको गिरावटलाई आधार मानेर लिलामीमा आवेदन गरेको खण्डमा मात्रै आवेदकलाई फाइदा हुन्छ। तर कारोबार रोक्का रहेको मूल्यलाई आधार मान्दा भने उल्टो घाटा समेत लाग्नसक्ने अवस्थालाई विचार पुर्याएर बोलपत्र पेश गर्न आवश्यक देखिन्छ।

हकप्रदमा लिलामीमा सिद्धार्थ क्यापिटल, नारायनचौर, नक्साल काठमाडौं, वोमी लघुवित्तको केन्द्रिय कार्यालय भरतपुर चितवन, सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, बीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घाराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिने व्यवस्था छ ।

गत साउन ९ देखि भदौ ११ गतेसम्म १० लाख १० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेको लघुवित्तको हकप्रदमा ८ लाख ८७ हजार ६६७ कित्ताका लागि मात्र आवेदन परेको थियो ।अवितरित १ लाख २३ हजार २१३ कित्ता हकप्रद शेयर लिलामीमा ल्याइएको हो ।

हाल यस कम्पनीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । लिलामी हकप्रद बिक्री पश्चात वोमीको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ कायम हुनेछ।

गत आर्थिक बर्षमा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको प्रतिशेयर आम्दनी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ।

नागरिक लघुवित्तसँगको मर्जर प्रकृयालाई अन्तिम रुप दिन कम्पनीले असोज २ गते विशेष साधारण सभा सम्पन्न गरि मर्जर प्रस्ताव पारित गरिसकेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।