नेपाल एसबिआई बैंकले घोषणा गर्यो लाभांश

Sep 30, 2019 10:13 AM Tirtha Raj Poudyal



नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ। 

बैंक सञ्चालक समितिको असोज १२ गते सम्पन्न ४४१ औं बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २६ औं  वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।

 

बैंक सञ्चालक समितिको ४४१ औं बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार ५२३ रुपैयाँबाट ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँको बोनस र ९१ करोड ५८ लाख ९८ हजार ७५७ रुपैयाँ नगद लाभांश गरि कूल एक अर्ब ४२ करोड २८ लाख ५३ हजार ७८८ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गत आवमा बैंकको शेयरधनीकोषमा (बाँड्न मिल्ने रकम) एक अर्ब ८९ करोड ७६ लाख रहेकोमा गत आवको मुनाफाबाट बैंकले शेयरधनीलाई एक अर्ब ४२ करोड २८ लाख ५३ हजार ७८८ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा एक अर्ब ५९ करोड ६८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै बैंकले खुद नाफा बढाएर दुई अर्ब ३० करोड ३६ लाख रुपैयाँ कमाएको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।