ओरियन्टल होटलले प्रस्ताव गर्यो लाभांश, बुकक्लोज कहिले?

Oct 01, 2019 11:19 AM Merolagani



आरियन्टल होटल (OHL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई कूल १५.७९ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

होटलको असोज १३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल १ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटको ५ प्रतिशत बोनस पश्चात १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पूँजी पुग्नेछ।

 

अघिल्लो वर्ष ११.३२ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कूल २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको होटलले यस वर्ष घटाएर लाभांश प्रस्ताव गरेको हो । 

लाभांश वितरण गर्न होटलले कार्तिक ७ गते बाइसौं वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा विहान ११ बजे साधारणसभा बोलाएको हो ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि असोज २८ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेकाले असोज २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र होटलको लाभांश पाउनेछन्।

होटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २७ रुपैयाँ ७२ पैसा कायम गरेको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।