ओरियन्टल होटलले प्रस्ताव गर्यो लाभांश, बुकक्लोज कहिले?

Oct 01, 2019 11:19 AM Merolagani



आरियन्टल होटल (OHL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई कूल १५.७९ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

होटलको असोज १३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल १ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटको ५ प्रतिशत बोनस पश्चात १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पूँजी पुग्नेछ।

 

अघिल्लो वर्ष ११.३२ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कूल २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको होटलले यस वर्ष घटाएर लाभांश प्रस्ताव गरेको हो । 

लाभांश वितरण गर्न होटलले कार्तिक ७ गते बाइसौं वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा विहान ११ बजे साधारणसभा बोलाएको हो ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि असोज २८ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेकाले असोज २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र होटलको लाभांश पाउनेछन्।

होटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २७ रुपैयाँ ७२ पैसा कायम गरेको थियो।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।