बैंक अफ काठमाण्डूको लाभांश पाउन बुधबारसम्म शेयरधनी बन्नुपर्ने

Oct 02, 2019 09:46 AM Merolagani



बैंक अफ काठमाण्डू (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ।

बैंकले असोज ३० गते बिहीबार बिहान १० बजे एलिस रिसेप्सन्स गैरीधारा काठमाडौंमा आह्वान गरेको २५ औं वार्षिक साधारण सभाका लागि असोज १६ गतेदेखि असोज ३० गतेसम्मका लागि शेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) गर्दैछ । यसअनुसार असोज १५ गतेसम्म कायम शेयरधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

असोज १४ गते मंगलबार बैंकको शेयर नेप्सेमा प्रतिकित्ता २५९ रुपैयाँमा कारोबार भएको छ ।

बैंक सञ्चालक समितिको भदौ १५ गते सम्पन्न १३० औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद (बोनसमा लाग्ने कर सहित) कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यसैगरी गत आर्थिक बर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गर्ने, २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि बैंकले साधारण सभामा लैजादैँ छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।