स्वावलम्बन लघुवित्तको लाभांश प्रस्ताव, बाेनस कति ?

Oct 03, 2019 11:21 AM Merolagani



स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गरेकाे छ। लघुवित्त संस्थाले २६ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हाे।

लघुवित्त संस्थाको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर सहितको नगद लाभांश दिने प्रस्ताव गरेको हो।

संस्थाको हाल चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँमा गत आर्थिक वर्ष सम्मको वितरणका लागि उपलब्ध रकमबाट शेयरधनीहरुलाई उक्त लाभांंश वितरण गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने लघुवित्त कम्पनीले जनाएको छ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृती पाएर लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले प्राप्त गर्नछन्।

हाल ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको स्वावलम्बन लघुवित्तको प्रस्तावित २६ प्रतिशत बोनस वितरण पश्चात ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पूँजी पुग्नेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र ११.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो।

गत आर्थिक वर्षको अन्य सम्ममा लघुवित्त संस्थाले ४२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।