सनराइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Oct 17, 2019 10:26 AM Merolagani



सनराइज बैंक (SRBL) ले घोषणा गरेको लाभांश सुरक्षित गर्ने असोज ३० गते (आज)  बिहीबार अन्तिम दिन रहेको छ। बैंकले बाह्रौँ वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक १ गते बुकक्लोज गर्ने भएपछि बिहीबारसम्म कायम शेयरधनीले मात्रै बैंकको पाउने भएका हुन्।

बैंकले कार्तिक  १५ गते बाह्रौँ वार्षिक साधारण सभा  आह्वान गरेको छ । सो सभाले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कूल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस तथा ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सभाले पाँचवटा साधारण र पाँचवटा विशेष गरि दशवटा प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ। शेयरधनीलाई १० प्रतिशत बोनस वितरण गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। 




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।