सनराइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Oct 17, 2019 10:26 AM Merolagani



सनराइज बैंक (SRBL) ले घोषणा गरेको लाभांश सुरक्षित गर्ने असोज ३० गते (आज)  बिहीबार अन्तिम दिन रहेको छ। बैंकले बाह्रौँ वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक १ गते बुकक्लोज गर्ने भएपछि बिहीबारसम्म कायम शेयरधनीले मात्रै बैंकको पाउने भएका हुन्।

बैंकले कार्तिक  १५ गते बाह्रौँ वार्षिक साधारण सभा  आह्वान गरेको छ । सो सभाले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कूल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस तथा ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सभाले पाँचवटा साधारण र पाँचवटा विशेष गरि दशवटा प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ। शेयरधनीलाई १० प्रतिशत बोनस वितरण गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।