मर्जर प्रकृयामा रहेको वोमी लघुवित्तको आकर्षक प्रगति

Oct 25, 2019 11:36 AM Merolagani

वोमी लघुवित्त (WOMI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्षा अवधिमा नाफा ७५ लाख रुपैयाँले बढाएको हो। जुन गत वर्षको तुलनामा ६९.२५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तले निक्षेप संकलन ४६ करोड ५४ लाख रुपैयाँबाट बढाएर ६७ करोड ६१ लाख रुपैयाँ पुयाृएको छ भने कर्जा प्रवाह १ अर्ब ३७ करोड २१ लाख रुपैयाँबाट बढाएर २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ।

समीक्षा अवधिमा लघुवित्तले हकप्रद बिक्रीबाट चुक्ता पूँजी १० करोड १० लाख रुपैयाँबाट बढाएर १९ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोष ९ करोड १६ लाख रुपैयाँले बढाएर १५ करोड १८ लाख रुपैयाँ पुर्याएको छ।

निष्कृय कर्जा ०.५९ प्रतिशत रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात ३०.०४ गुणा छ।

वोमी नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको छ। मर्जर प्रकृयामा रहेको वोमी र नागरिक लघुवित्तलाई नेपाल राष्ट्र बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ। सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात (१००:७२) मा दुई संस्था मर्जरमा जाँदैछन्। २०७५ फागुन अन्तिम साता दुई संस्थाले मर्जरमा जाने सम्झौता गरेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।