शिवश्री हाइड्रोको आईपीओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

Nov 01, 2019 08:48 AM Merolagani



शिवश्री हाइड्रोपावरले निष्काशनमा ल्याएको प्रथामिक शेयर (आईपीओ) मा आवेदन गर्ने कार्तिक १५ गते अन्तिम दिन रहेको छ। हाइड्रोपावरले असोज १६ गतेदेखि निष्काशनमा ल्याएको साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ लाख १४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।

सुरुमा सर्वसाधरणका लागि मात्र निष्काशन गरिएको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताबाट न्यून आवेदन परेपछि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले असोज २५ गतेदेखि संगठित संस्थाहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरेको थियो।

आईपीओमा आवेदन गर्न चाहने लगानीकर्ताले धितोपत्र बोर्डमा आश्वा प्रणालीमा आवद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सिआश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन मार्फत पनि आईपीओ भर्न सक्नेछन्

कम्पनीको आईपीओमा लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्तासम्म खरीदको लागि आवेदन दिन सक्नेछन्। आईपीओमा १६ हजार आवेदकबाट १० करोड रुपैयाँ हाराहारीमा मात्र आवेदन परेको छ ।

शिवश्री हाइड्रोपावरले जारी गरेको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ रहेको आयोजनका कूल लागत ४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। कम्पनीले प्रकाशित गरेको विवरणपत्र अनुसार आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ९.५९ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन २१.९५ वर्ष लाग्नेछ।

साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानी कम्पनीले सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री नभएको शेयर समेत थपेर एक सय रुपैयाँ अंकित दरका ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो। जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।