लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश घोषणा

Nov 03, 2019 10:55 AM Merolagani



लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १७ गते आइतबार बिहान ९ बजे सम्पन्न बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

यस अनुसार बैंकले हाल कायम पूँजी ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँको १० प्रतिशत अर्थात ८९ कराेड २० लाख ५० हजार ८६४ रुपैयाँ रूपैयाँ बराबरकाे ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। यस्तै बोनस शेयरमा लाग्ने कर सहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। 

बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।