नेपाल बङ्गलादेश बैंकको लाभांश प्रस्ताव, बोनसभन्दा नगद धेरै

Nov 03, 2019 11:34 AM Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) ले गत आर्थिक २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । 

कार्तिक १५ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर समेत ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार बैंकले ४० करोड ४४ लाख १४ हजार ९६१ रुपैयाँ बराबरको बोनस र ५६ करोड ६१ लाख ८० हजार ९४५ रुपैयाँ नगद लाभांश गरि कूल ९७ करोड ५ लाख ९५ हजार ९०६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन्। बैंकले अघिल्लो वर्ष १०.५३ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश दर भने बढाएको हो ।

 

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमएको थियो भने १ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो ।

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।