चिलिमे जलविद्युतले गर्यो लाभांश घोषणा

Nov 04, 2019 11:59 AM Merolagani



चिलिमे जलविद्युत कम्पनी (CHCL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको कार्तिक १८ गते सम्पन्न ३६४ औं बैठकले प्रतिशत २० बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

चुक्ता पूँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपैयाँ रहेको चिलिमेले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

चिलिमेले गत आर्थिक बर्षमा ७१ करोड खुद नाफा कमाएको थियो भने चार अर्ब ५५ करोड शेयरधनी कोषमा जम्मा गरेको थियो। बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ पुग्नेछ।

कम्पनीले लाभांश अनुमोदन गर्न आगामी मंसिर ११ गते २३ औं साधारण सभा आह्वान गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गतेदेखि शेयर धनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार कार्तिक २६ गते मंगलबारसम्म कायम रहने शेयरधनी मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले प्रतिशत २० बोनस शेयर र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।