जनतासँग मर्जरमा रहेको ग्लोबल आईएमई बैंक कुन सूचाङ्कमा सबल, कुनमा कमजोर ?

Nov 05, 2019 09:22 AM Tirtha Raj Poudyal



ग्लोबल आईएमई बैंक (GBIME) ले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांश सूचकहरुमा प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यद्यपी बैंकको वितरणयोग्य मुनाफा घटेको छ भने स्प्रेडदर बढ्नका साथै पूँजी कोष अनुपातमा सुधार गर्न सकेको छैन।

जनता बैंकसँग मर्जर प्रकृयामा रहेको यस बैंकले निस्क्रिय कर्जा अनुपात घटाउँदै निक्षेप संकलन, कर्जा परिचालन, ब्याज आम्दानी र खुद मुनाफामा बढोत्तरी गरेर अगाडि बढेको छ । बैंकको यो रफ्तार जनता बैंकलाई आफुमा गाभेपछिको दोस्रो त्रैमासमा प्रतिवेदनमा अझ फराकिलो तबरले सबल बन्ने देखिन्छ।

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४०.५५ प्रतिशतले धेरै हो। गत आवको असोजमा बैंकको मुनाफा ५३ करोड ५८ लाख ४५ हजार रहेको थियो।

एनएफआरएस प्रणालीको प्रतिवेदन अनुसार बैंकको विवरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ छ। अघिल्लो आवको प्रथम तीन महिनामा बैंकको यस्तो मुनाफा ५१ करोड रहेको थियो। यद्यपी बैंकले ७७ करोड ३१ लाख ७३ हजार रुपैयाँमा रहेको बैंकको सञ्चालन नाफा बढाएर एक अर्ब ४ करोड २३ लाख रुपैयाँ पुगेको छ। यसैगरि खुद ब्याज आम्दानी पनि एक अर्ब २० करोडबाट ३६ करोड ४७ लाख बढाएर एक अर्ब ५६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ।

बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिना अवधिको तुलनामा ८ अर्ब ९० करोडले निक्षेपमा वृद्धि गर्दै एक खर्ब २८ अर्ब ९९ करोड २ लाख पुर्याएको छ । यसैगरि कर्जा लगानीतर्फ पनि ९ अर्ब ५० करोड ९५ लाख रुपैयाँले वृद्धि गर्दै एक  खर्ब  १८ अर्ब ४८करोड रुपैयाँ प्रवाह गरेको छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको इपिइस ८ रुपैयाँले बढेको हो। यस्तै खराब कर्जा अनुपात १.०५ बाट ०.८५ मा झरेको छ ।

वित्तीय विवरण अनुसार बैंकको पूँजीकोष अनुापत ११.८७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६४ पैसा, आधार ब्याजदर ९.४४ प्रतिशत, कोषको लागत ७.१३ प्रतिशत र स्पेडदर ४.९९ प्रतिशत रहेको देखिन्छ।

ग्लोबलले नेपाल राष्ट्र बैंकबाट जनता बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक स्वीकृति समेत पाइसकेको छ। राष्ट्र बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्न निर्देशन दिएको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।