नेरुडे लघुवित्तको खुद नाफा १७१ प्रतिशतले सुधारियो

Nov 05, 2019 11:33 AM Merolagani

नेरुडे लघुवित्त (NLBBL ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ६९ लाख ६६ हजर रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा एक करोड ७० लाख रुपैयाँ अर्थात १७१.७५ प्रतिशतले सुधारिएको हो ।

गत आवको पहिलो त्रैमासमा लघुवित्तले ९९ लाख २३ हजुर रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तले कार्यालय सञ्चालन खर्च तथा अन्य खर्चका सूचकहरुलाई सन्तुलनमा राख्दा नाफा सुधार गर्न सफल भएको देखिन्छ ।

लघुवितले यस त्रैमासको कर्जा परिचान तथा निक्षेप संकलनको विवरण उल्लेख नगरी आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छचुक्ता पूँजी ३९ करोड ७६ लाख ४७ हजर रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ५१ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ।

लघुवित्तले चालु आर्थिक  वर्षको  तीन महिना अवधिमा ११ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी दुई करोड ४२ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ। गत आवको यसै अवधिमा लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.७० प्रतिशत रहेको छ। लघुवित्तको प्रतिशेयर आम्दानीमा उल्लेख्य रुपमा सुधार भएको देखिन्छ। लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ रुपैयाँ कायम भएको छ। गत आवको यसै अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४८ पैसा कायम थियो।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ०९ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.३२ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।