गुराँस लाइफले शेयर लाभांश दिने

Nov 06, 2019 11:05 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई शेयर लाभांश वितरण गर्ने भएको छ। इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको कार्तिक १९ गते सम्पन्न १५४ औं बैठकले १३.१०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्त सञ्चालक समिति बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश घोषणा नगरेकोले बोनसमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्ने जनाएको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्ममा कम्पनीले ५ करोड ७२ लाख ९ हजार खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा कायम गरेको थियो।

यसअघि निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयर पश्चात हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ करोड २० लाख रुपैयाँ रहेको छ। १२ करोड २९ लाख ६० हजार रुपैयाँ बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड १४ लाख ८० हजार रुपैयाँ पुग्नेछ। बीमा समितिले तोकेको चुक्ता पूँजी कोयम गर्न कम्पनीलाई अझ ९४ करोड पूँजी अपुग हुने देखिन्छ।

अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२ नगद लाभांश वितरण गरेको थियो।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।