मेरो माईक्रोफाइनान्सको खुद नाफा ५६% ले बढ्यो, मर्जरबाट थप सबल बन्दै

Nov 07, 2019 09:12 AM Tirtha Raj Poudyal

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) को खुद नाफामा आकर्षक बढोत्तरी भएको छ। बिहीबार सार्वजनिक भएको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणमा कम्पनीको खुद नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा ५५.९२ प्रतिशतले बढेको हो।

चालु आवको असोज मसान्तसम्ममा माईक्रोफाइनान्सले ४ करोड २७ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको असोजमा लघुवित्तले २ करोड ७४ लाख ४ हजार खुद नाफा आर्जन गरेको हो। एक वर्ष अवधिमा कम्पनीले १ करोड ५३ लाख २५ हजारले खुद नाफा बढाएको हो

शतप्रतिशत हकप्रदबाट चुक्ता पूँजी बढाएर ६५ करोड ७८ लाख पुर्याएको यस कम्पनीले १० करोड ४१ लाखको जगेडा कोषलाई ४२ करोड ६५ लाखको उचाईमा पुर्याएको छ।

माइक्रोफाइनान्सले असोज मसान्तसम्ममा एक अर्ब ३१ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ५५ लाख सापटीबाट ४ अर्ब ८८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ११ करोड ९७ लाख ब्याज आम्दानी र खर्चपछिको सञ्चालन नाफा ५ करोड ७६ लाख आर्जन गरेको छ।

उच्च पूँजीवृद्धिका कारण माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी भने ३३ रुपैयाँ ३३ पैसाबाट २५ रुपैयाँ ९८ पैसामा संकुचन भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ०८४ पैसा छ र मूल्य आम्दानी अनुपात २१.१७ गुणा छ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात ०.१२ ले बढेर १.६० प्रतिशतमा पुगेको छ। नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले पूँजी बढोत्तरी पश्चात अन्य लघुवित्तसँग मर्जरका लागि मर्जर कमिटी समेत गठन गरेको छ।

माइक्रोफाइनान्स मर्जर तथा प्राप्तीबाट संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धा तथा कर्जामा दोहोरोपनमा कमी आउने हुँदा आगामी दिनमा अझ प्रगति गर्दै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्नेमा केन्द्रित रहेको देखिन्छ।

गत आवको मुनाफाबाट समेत लघुवित्तले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सो बोनस पारित गर्न कम्पनीले कात्तिक २९ गते शुक्रबार होटल वाटर टावर, नुवाकोट बट्टारमा बिहान ११ बजे सातौं साधारण सभा बोलाएको छ।

यसैगरि अन्य उपुयक्त लघुवित्तीय संस्थालाई गाभ्न वा प्राप्ति गर्न गर्ने सम्बन्धमा निर्णय गर्न साधारण सभा मार्फत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।

सातौं वार्षिक साधारण सभामा लाभांश अनुमोदन, मर्जर प्राप्ती सहितका ८ वटा प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा निर्धारण गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत तथा लघुवित्त संघको कोषाध्यक्ष समेत रहेका रामहरि दाहालको कुशल व्यवस्थापन र ८ वाणिज्य र २ विकास बैंकहरुले प्रवद्र्धन गरेको कारण पनि लघुवित्तले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्न सफल हुँदै आइरहेको छ।

लघुवित्तले १११ शाखा कार्यालय मार्फत एक लाख बढी विपन्न घरपरिवारमा लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।