सिभिल बैंकले नगद लाभांश मात्र बाँड्ने

Nov 07, 2019 11:01 AM Merolagani



सिभिल बैंक (CBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २८८ औं बैठकले प्रतिशत ६.५७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५२ करोड ५८ लाख  २२ हजार ७०१ रुपैयाँ बराबरको नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

 

 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले गत आर्थिक वर्षको कमाईबाट बढाएर लाभांश प्रस्ताव गरेको हो।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ छ ।

बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७६ करोड ४ रुपैयाँ खुद नाफा कमाएको थियो भने ५५ करोड ६९ रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।