आईसिएफसिको खर्च बढेपछि नाफा घट्यो, जगेडा कोष मजबुत

Nov 11, 2019 10:58 AM Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईसिएफसि फाइनान्स (ICFC) ले ३ करोड ५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशत अर्थात १ करोड ३३ लाख ५५ हजार रुपैयाँ कम हो। फाइनान्सको सञ्चालन खर्च बढेका कारण नाफा घटेको हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड २२ लाख ६७ हजार रुपैयाँ धनात्मक रहेको फाइनान्सको नेट ट्रेडिङ्ग इन्कम, चालु आवको सोही अवधिमा १ करोड ८२ लाख ४६ हजार ऋणात्मक भएसँगै नाफा घटेको हो। यसका साथै फाइनान्सको अन्य सञ्चालन खर्चहरु पनि बढेको छ।

८८ करोड २१ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सले चालु आवको असोज मसान्तसम्ममा २१ करोड ७४ लाख ६७ हजार जगेडा कोषमा जम्मा गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ८९.१७ प्रतिशत बढी हो। फाइनान्सको रिटेन्ड अर्निङ्ग भने २२ करोड १ लाख ८६ हजार रुपैयाँ रहेको छ।

फाइनान्सले चालु आवको पहिलो त्रैमाससम्ममा ११ अर्ब ५ करोड ३८ लाख निक्षेप सङ्कलन गरी ८ अर्ब ३६ करोड ६२ लाख कर्जा प्रवाह गरेको छ। यसबाट फाइनान्सले १० करोड ७९ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा १८.१६ प्रतिशत बढी हो। फाइनान्सको सञ्चालन मुनाफा भने समिक्षा अवधिमा ३०.०९ प्रतिशत घटेर ४ करोड ३६ लाखमा सीमित भएको छ।

समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा ०.१४ प्रतिशतबाट बढेर ०.२८ प्रतिशत कायम भएको छ। असोज महिनमा फाइनान्सको आधारदर १०.९८ प्रतिशत रहेको छ।

असोज मसान्तमा फाइनान्सको प्रतिशेयर आम्दानी १३.८६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.४७ गुणा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।