नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घट्यो

Nov 13, 2019 10:49 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षबाट आधा मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक २७ गते बिहान गते सम्पन्न ५२२ औं बैठकले प्रतिशत १०.५ बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

वाणिज्य बैंकहरु यसअघि राम्रो लाभांश वितरण गर्दै आएको बैंकको गत आर्थिक वर्षमा मुनाफा र वितरणयोग्य नाफा ह्वात्तै घटेसँग सञ्चालक समितिले लाभांशदर समेत २१ प्रतिशतले घटाएर प्रस्ताव गरेको हो।

गत आर्थिक वर्षमा बैंकको मुनाफा साढे ६ प्रतिशतले घटेर तीन अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको थियो भने बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ३९ करोड मात्र रहेको थियो। बैंकको निस्क्रिय कर्जा अनुपातमा धेरै बढोत्तरी भएकाले कमाएको नाफा कर्जा जोखिम ब्यवस्थापन कोषमा राख्नुपर्दा खुद नाफाकामा असर परेको हो।

हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गत आवको मुनाफा र सञ्चित जगेडा कोषबाट दुई अर्ब ४४ करोड ५२ लाख ५३ हजार ३३० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँको उचाईमा पुग्नेछ। 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।