कामना सेवा विकास बैंकको लाभांश प्रस्ताव, नगद मात्र वितरण गर्ने

Nov 13, 2019 11:08 AM Merolagani



कामना सेवा विकास बैंक (KSBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक २६ गते साँझ बसेको २८० औं बैठकले ६.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँको ६.८ प्रतिशत अर्थात १७ करोड २७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पाएपछि आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।

 

बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको बैंकले १.५० प्रतिशत बोनस र ८ प्रतिशत नगद लााभांश वितरण गरेको थियो ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।