कामना सेवा विकास बैंकको लाभांश प्रस्ताव, नगद मात्र वितरण गर्ने

Nov 13, 2019 11:08 AM Merolagani



कामना सेवा विकास बैंक (KSBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक २६ गते साँझ बसेको २८० औं बैठकले ६.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँको ६.८ प्रतिशत अर्थात १७ करोड २७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पाएपछि आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।

 

बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको बैंकले १.५० प्रतिशत बोनस र ८ प्रतिशत नगद लााभांश वितरण गरेको थियो ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।