उन्नति लघुवित्तको सन्तुलित प्रगति, जगेडा कोष मजबुत बन्दै

Nov 14, 2019 08:21 AM Merolagani



उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड (UMB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित प्रगति गरेको छ। लघुवित्तले सो अवधिसम्ममा १ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

लघुवित्तले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६९ प्रतिशत बढी हो। लघुवित्तले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८४ लाख ५१ हजार खुद नाफा आर्जन गरेको थियो।

गत आवको मुनाफाबाट ३८.६० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको यस लघुवित्तको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रहेको छ। लघुवित्तले अघिल्लो आवको मुनाफाबाट ४०.४५ प्रतिशत बोनस र २० प्रतिशत हकप्रद निष्कासन गरी चुक्ता पूँजी बढाएको हो। असोज मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ९ करोड ५३ लाख रहेको छ। यो गत आवको यसै अवधिको तुलनामा ५ करोड १८ लाख बढी हो।

लघुवित्तले असोज मसान्तसम्ममा ५९ करोड ६६ लाख निक्षेप र १ अर्ब ५ करोड १६ लाख सापटीबाट १ अर्ब ५५ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत लघुवित्तले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। लघुवित्तले सो अवधिसम्ममा १ करोड ९६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

उन्नतिको गत आवको तुलनामा निष्क्रिय कर्जा भने बढेको छ। गत आवको असोज मसान्तसम्ममा ०.७४ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा चालु आवको यसै अवधिमा बढेर १.८५ प्रतिशत पुगेको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ७२ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ। असोज मसान्तसम्ममा लघुवित्तले २ लाख ५१ हजार खराब कर्जा उठाउन सफल भएको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४ पैसा कायम भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।