मल्टीपर्पसको लागत बढ्दा ब्याज आम्दानी आधा घट्यो, खराब कर्जा उठाउँदा मुनाफा वृद्धि

Nov 20, 2019 10:06 AM Merolagani



मल्टीपर्पस फिनान्स कम्पनी (MPFL) को निक्षेप संकलन लागत बढ्दा उसको ब्याज आम्दानीमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आवको यसै अवधिको तुलनामा आधा बढीले गिरावट देखिएको छ। खर्च शिर्षकहरुमा नियन्त्रणमा राखेर खराब कर्जा असुलीबाट फाइनान्सको मुनाफा भने बढेको हो।

मल्टीपर्पस फाइनान्सले यस त्रैमासमा १८ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ५३ प्रतिशत कम हो। गत आवको यसै अवधिमा फाइनान्सले ३८ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको थियो।

आम्दानीको मुख्य स्रोत घटेपनि फाइनान्सले गत आवको प्रथम त्रैमासको तुलनामा अन्य शुल्क कमिसन आय झण्र्ड दोब्बर बढाउँदा ११ लाख ६६ हजार कमाएको छ भने कर्मचारी र सञ्चालन खर्चमा कटौति गरेको छ। यस अवधिमा फाइनान्सले २३ लाख ४२ हजार रुपैयाँ खराब कर्जा उठाएको छ। खराब कर्जा उठेसंगै फाइनान्सको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ।

समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा ४.४९ प्रतिशतबाट घटेर २.८५ प्रतिशत कायम भएको छ। फाइनान्सले असोज मसान्तसम्ममा खराब कर्जाबापतको व्यवस्थामा कुनै रकम छुट्याएको छैन।

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा फाइनान्सले २१ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १५ लाख ९५ हजार बढी हो। गत आवको असोज मसान्तसम्ममा फाइनान्सले ५ लाख ९३ हजार नाफा कमाएको थियो।

चुक्ता पूँजी १५ करोड १० लाख ९३ हजार रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७९ पैसा कायम हुने देखिन्छ। वित्तीय विवरणमा कम्पनीले ९ रुपैयाँ ११ पैसा उल्लेख गरेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन ८६५ प्रतिशत हकप्रद जारी गरेको यस कम्पनीलाई हकप्रद पूँजीकरण गरेको छैन।

फाइनान्सले निष्कासन गरेको कूल ३५ लाख ८५ हजार २६४ कित्तामध्ये २४ लाख ८७ हजार २७८ कित्ताका लागि आवेदन नपरेपछि सो शेयर लिलामी मार्फत बिक्री गर्न बाँकी छ। हकप्रद पूँजीकरण पश्चात इपिएसमा थप दबाब पर्ने देखिन्छ।

असोज मसान्तसम्ममा फाइनान्सले २५ करोड ७७ लाख निक्षेप सङ्कलन गरी २४ करोड ३१ लाख कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा १६.३८ प्रतिशत बढेर १० लाख ९६ हजार पुगेको छ।

जगेडा कोषमा ३ करोड ७ लाख सञ्चित गरेको यस फाइनान्सको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैस रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.४९ गुणा रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।