तिनाउ मिसन र नेपाल कम्यूनिटीको एकीकृत कारोबार मंसिर २२ गतेदेखि

Nov 21, 2019 08:46 AM Merolagani



तिनाउ मिसन डेभलपमेन्ट बैंक (TMDBL) ले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।

एकीकृत कारोबारको लागि नेपाल राष्ट्र बैंकले कात्तिक २२ गते र नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक २९ गते बैंकलाई अन्तिम स्वीकृती दिएको थियो।

५ जिल्ला कार्यक्षेत्रको तिनाउ मिसनले नेपाल कम्यूनिटीलाई एक्वायर गरेपश्चात तिनाउ मिसन डेभलपमेन्ट बैंक नामबाट कारोबार गर्नेछ। प्राप्तिपश्चात बैंकको कार्यक्षेत्र ७ जिल्ला भएको छ भने केन्द्रिय कार्यालय पाल्पारोड, बुटवलमा हुनेछ।

यी दुबै बैंकले गत भदौ १९ गते प्राप्तिसम्बन्धि अन्तिम सम्झौता गरेको थियो। दुबै बैंकको असोज ७ गते छुट्टाछुट्टै सम्पन्न भएको विशेष साधारण सभाले सो प्राप्तिको प्रस्ताव पारित गरेको थियो।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।