तिनाउ मिसन र नेपाल कम्यूनिटीको एकीकृत कारोबार मंसिर २२ गतेदेखि

Nov 21, 2019 08:46 AM Merolagani



तिनाउ मिसन डेभलपमेन्ट बैंक (TMDBL) ले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।

एकीकृत कारोबारको लागि नेपाल राष्ट्र बैंकले कात्तिक २२ गते र नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक २९ गते बैंकलाई अन्तिम स्वीकृती दिएको थियो।

५ जिल्ला कार्यक्षेत्रको तिनाउ मिसनले नेपाल कम्यूनिटीलाई एक्वायर गरेपश्चात तिनाउ मिसन डेभलपमेन्ट बैंक नामबाट कारोबार गर्नेछ। प्राप्तिपश्चात बैंकको कार्यक्षेत्र ७ जिल्ला भएको छ भने केन्द्रिय कार्यालय पाल्पारोड, बुटवलमा हुनेछ।

यी दुबै बैंकले गत भदौ १९ गते प्राप्तिसम्बन्धि अन्तिम सम्झौता गरेको थियो। दुबै बैंकको असोज ७ गते छुट्टाछुट्टै सम्पन्न भएको विशेष साधारण सभाले सो प्राप्तिको प्रस्ताव पारित गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।