Wed, Sep 09, 2026
सानिमा क्यापिटलले व्यवस्थापन गरिरहेको सानिमा म्युचुअल फण्डले अर्को स्कीम सञ्चालन गर्ने भएको छ। म्युचुअल फण्डले अर्को स्किम सञ्चालनका लागि गत कात्तिक १५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो।
सानिमा क्यापिटलले व्यवस्थापन गर्ने सो स्किमको नाम सानिमा लार्ज क्याप फण्ड राखिएको छ। सो योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्कासन हुनेछ। योजनाको कोष प्रर्बद्धकमा सानिमा बैंक रहेको छ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।