महिला सहयात्राले बढाएर प्रस्ताव गर्यो लाभांश

Dec 03, 2019 01:06 PM Merolagani



महिला सहयात्रा लघुवित्त वित्तीय संस्था (MSMBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई अघिल्लो आवको तुलनामा १२ प्रतिशत धेरै अर्थात २० प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न ९७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

गत आवको चौंथो त्रैमाससम्म लघुवित्तको सञ्चित मुनाफा २ करोड ४३ लाख ३२ हजार ३७ रहेको थियो। जसबाट कम्पनीले २ करोड ४२ लाख रुपैयाँ लाभांश बाँड्न लागेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले ८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बराबरको एक करोड २१ लाख रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।