कृषि विकास बैंकको आकर्षक लाभांश घोषणा

Dec 10, 2019 10:32 AM Merolagani



कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत आवामा घोषणा गरेको उक्त लाभांश अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत धेरै हो।

बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

साथै बैंकले सरकारको अग्राधिकार शेयर वापतको पूँजी ५ अर्ब ४३ करोड पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको थियो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ प्रतिशत बोनस र १५.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।