कृषि विकास बैंकको आकर्षक लाभांश घोषणा

Dec 10, 2019 10:32 AM Merolagani



कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत आवामा घोषणा गरेको उक्त लाभांश अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत धेरै हो।

बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

साथै बैंकले सरकारको अग्राधिकार शेयर वापतको पूँजी ५ अर्ब ४३ करोड पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको थियो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ प्रतिशत बोनस र १५.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।