तारागाँउ रिजेन्सी होटलको लाभांश घोषणा

Dec 10, 2019 12:14 PM Merolagani



तारागाँउ रिजेन्सी होटल (TRH) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैंठकले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई प्राप्त गर्न सक्नेछन्।

 

होटलले अघिल्लो आर्थिक वर्षबाट कर सहित १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्षको चौथौं त्रैमास सम्ममा होटलले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।