तारागाँउ रिजेन्सी होटलको लाभांश घोषणा

Dec 10, 2019 12:14 PM Merolagani



तारागाँउ रिजेन्सी होटल (TRH) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैंठकले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई प्राप्त गर्न सक्नेछन्।

 

होटलले अघिल्लो आर्थिक वर्षबाट कर सहित १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्षको चौथौं त्रैमास सम्ममा होटलले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।