लुम्बिनी विकास बैंकको लाभांश घोषणा

Dec 11, 2019 12:22 PM Merolagani



लुम्बिनी विकास बैक(LBBL) ले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २४ गते साँझ बसेको ३५० औं बैंठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ५८ करोड रुपैयाँको ५ प्रतिशत अर्थात १२ करोड ९३ लाख रुपैयाँ बराबरको बोनस र १५ प्रतिशत अर्थात ३८ करोड ८० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १७.०७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

 

 

हाल २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको १२ करोड ९३ लाख ४८ हजार १७५ रुपैयाँ बोनस पश्चात २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ६८६ रुपैयाँ कायम हुनेछ। यस्तै बैंकले नगद लाभांश वापत ३८ करोड ८० लाख ४४ हजार ५२६ रुपैयाँ नगद लाभांश समेत वितरण गर्नेछ।

बैंकले बोनस र नगद गरि कूल ५१ करोड ७३ लाख ९२ हजार ७१० रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो। बैंकले गत आव २०७५/७६मा ५५ करोड ७३ लाख ८० हजार ५१२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा बैंकको शेयरधनी कोषमा ४८ करोड ५७ लाख १८ हजार र शेयर प्रिमियममा एक करोड ४२ लाख ७२ हजार रुपैयाँ सञ्चित रहेको थियो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।