वोमी र नागरिकको एकीकृत कारोबार आजदेखि शुरु

Dec 16, 2019 10:59 AM Merolagani



वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र नागरिक लघुवित्त वित्तीय संस्थाले आज (मंसिर ३० गते) देखि एकीकृत कारोबार सुरु गरेका छन्।

गत फागुन २४ गते वोमी र नागरिक लघुवित्तबीच एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। असोज २ गते बिहीबार सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो।

साधारण सभाबाटै मुल्याङ्कनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात (१००ः७२) परित गरी मर्जरको लागि स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो।

वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ।
वोमी लघुवित्त र नागरिक लघुवित्त आपसमा गाभिए पश्चात बन्ने संस्थाको नाम वोमी लघुवित्त रहने छ भने संस्थाको केन्द्रीय कार्यालय हाल नागरिक लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थानमा रहने छ।

२०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ। हाल यो माइक्रोफाइनान्सले ३२ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ।

नागरिकलाई राष्ट्र बैंकले २०७४ मंसिर २४ गते माइक्रोफाइनान्सको रुपमा सञ्चालनका लागि स्वीकृति दिएको थियो। काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको सेवा १० जिल्लामा विस्तार भएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।