छ्याङदी हाइड्रोपावरको लाभांश घोषणा, पूँजी बढाउन ३०% हकप्रद जारी गर्ने

Dec 23, 2019 11:15 AM Merolagani



छ्याङदी हाइड्रोपावर कम्पनी (CHL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ६ गते आइतबार सम्पन्न ६४ औं बैठकले चुक्ता पूँजी २७ करोडको ५ प्रतिशत बराबरको १ करोड ३५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशतले हुन आउने ७ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 

यसैगरि सोही बैठकले बोनस वितरण पश्चात कायम हुने चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ८ करोड ५० लाख ५० हजार रुपैयाँ ८ लाख ५० हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने साधारण सभाबाट प्रस्ताव अनुमोदन गराउने भएको छ।

लाभांश अनुमोदन र हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा आह्वान गर्ने निर्णय समेत गरेको छ। कम्पनीले नक्साल बैंक्वेट नक्सालमा छैटौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय भएको छ। यसअनुसार पुस १४ गते सोमबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।