महिला सहयात्रा लघुवित्तको लाभांश घट्यो, बोनस स्थीर-नगद संशोधन

Dec 25, 2019 03:58 PM Merolagani



महिला सहयात्रा लघुवित्त वित्तीय संस्था (MSMBS) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश संशोधन भएको छ। 

पुस ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशलाई संशोधन गरी १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजन समेत गरी ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअघि मंसिर १६ गते सम्पन्न ९७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेकोमा लघुवित्तले लाभांश दर संशोधन गरी नगद घटाएको हो।

 

गत आवको चौंथो त्रैमाससम्म लघुवित्तको सञ्चित मुनाफा २ करोड ४३ लाख ३२ हजार ३७ रहेको थियो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले ८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बराबरको एक करोड २१ लाख रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।