किसान र नागबेलीसँग मर्जर भाँडिएपछि स्वेडालाई एक्वायर गर्दै मिर्मिरे, स्वाप रेशियो कति?

Jan 13, 2020 04:26 PM Merolagani

किसान, मिर्मिरे र नागबेली लघुवित्तको मर्जर भाँडिएको छ। मर्जर भाँडिएपछि मिर्मिरेले स्वेडा लघुवित्तलाई एक्वायर गर्ने भएको छ।

गत बैशाख ३० गते मिर्मिरे, किसान र नागबेली लघुवित्तले एक आपसमा मर्जर गर्ने सम्झौता गरेका थिए। तीन कम्पनीहरुबिच स्वाप रेशियोको कुरा नमिलेपछि मर्जर भाँडिएको मिर्मिरेका कम्पनी सचिव तुलसी राम पाठकले बताए।

उनका अनुसार यस विषयमा नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराइसकेको छ। ‘राष्ट्र बैंकले केही दिनअघि डिमर्जको स्वीकृती दिई अन्य कम्पनीहरुसँग मर्ज अथवा एक्वीजिशनमा जान निर्देशन दिएको थियो, सोही निर्देशन अनुसार हामीले स्वेडालाई एक्वायर गर्न लागेका हौँ,’ कम्पनी सचिव पाठकले बताए।

बैशाख ३० गते मर्जर सम्झौता गरेपश्चात यी तीनवटै कम्पनीहरुको शेयर कारोबार रोक्का रहेको छ। मर्जर भाँडिएपनि राष्ट्र बैंकले कारवाही गरी अन्य कम्पनीहरुसँग मर्जर अथवा एक्वीजिशनमा नगएसम्म शेयर कारोबार रोक्का राख्न निर्देशन दिएको पाठकले बताए।

मर्जर भाँडिएपछि काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर ६ मा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरेले धादिङ्ग जिल्ला धुनवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रजिष्टर्ड कार्यालय रहेको स्वेडालाई प्राप्त गर्ने सम्झौता गरेको छ। यी दुई कम्पनीले पुस २७ गते समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। मिर्मिरेले स्वेडाको शेयर प्रतिकित्ता ७५ रुपैयाँमा खरिद गर्न लागेको हो।

प्राप्ति पश्चात यी दुई कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछ। प्राप्ति पश्चात बनेको संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ। यी दुबै कम्पनीले आगामी चैत मसान्तभित्र प्राप्ति सम्बन्धी कार्य पूरा गर्ने लक्ष्य लिएको छ। हाल मिर्मिरेको कार्यक्षेत्र २५ जिल्ला रहेको छ भने स्वेडाले १० जिल्लामा सेवा दिइरहेको छ।

  • लाभांश पारित

मिर्मिरे लघुवित्तले ४६.३६ प्रतिशत लाभांश पारित गरेको छ। आज (पुस २८ गते) मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेलमा सम्पन्न वार्षिक साधारण सभाले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ४५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैशाख ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।