खराब कर्जा उठाउन सफल भएपछि समता लघुवित्तको नाफा बढ्यो

Jan 24, 2020 10:35 AM Merolagani



चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को नाफामा उल्लेख्य सुधार देखिएको छ। लघुवित्तले सो अवधिसम्ममा २ करोड ५८ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ८६ लाख अर्थात २५७.८४ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा ७२ लाख १७ हजार मात्र रहेको थियो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ६० करोड २३ लाख निक्षेप र ८४ करोड २२ लाख सापटीबाट १ अर्ब ५३ करोड ४३ लाख कर्जा प्रवाह गरेको छ। जसबापत लघुवित्तले ५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६४ लाख बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ४६ लाख ३० हजार बढेर १ करोड ४६ लाख पुगेको छ।

खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि खराब कर्जा बापतको व्यवस्थामा अधिक रकम छुट्याउनु परेका कारण लघुवित्तको सञ्चालन मुनाफा प्रभावित भएको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा खराब कर्जा बापतको व्यवस्थामा ९९ लाख रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिमा ३ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ।

लघुवित्तले पुस मसान्तसम्ममा २ करोड ५९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। यससँगै लघुवित्तको निष्क्रिय कर्जा १.७९ प्रतिशतबाट घटेर १.६८ प्रतिशतमा सीमित भएको छ।

१९ करोड ११ लाख चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३ पैसा रहेको छ। पुस मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा ९ करोड १५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.०५ गुणा रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।