लाइफटाइम हाईमा पुगेको आशा लघुवित्तको प्राविधिक विश्लेषण

Feb 01, 2020 08:43 AM Merolagani

गत साता मेरो लगानीले प्राइम लाइफ इन्स्योरेन्सको प्राविधिक विश्लेषण गरेको थियो। यसै क्रममा यस साता मेरो लगानीले आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को प्राविधिक विश्लेषण गरेको छ।

यस साता नेप्से करिब २८ अंक बढेको छ। नेप्सेको ट्रेण्ड यस साता बलियो देखिएको छ। यस साता कारोबारमा आएका उपसमूहमध्ये लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा र विकास बैंकको ट्रेण्ड बलियो देखिएको छ। यीमध्ये पनि यस साता सबैभन्दा बलियो ट्रेण्ड माइक्रोफाइनान्सको देखिएको छ।

बलियो ट्रेण्ड भएको समूहबाट बढ्ने सम्भावना भएको कम्पनी भएका कारण मेरो लगानीले यस साता आशा लघुवित्तको चयन गरेको हो।

लघुवित्तले गत बिहीबार मात्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको थियो। विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा २३१.१७ प्रतिशत खुद नाफा बढाउन सफल भएको थियो। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी शतप्रतिशत बढेको थियो। यस कारण पनि यो साता यस लघुवित्तको प्राविधिक विश्लेषण प्रस्तुत गरिएको हो।

गत साताको अन्तिम कारोबार दिन यस लघुवित्तको शेयरमूल्य हालसम्मकै उच्च ७६५ रुपैयाँसम्म पुगेको थियो। तर, सो दिन लघुवित्तको अन्तिम कारोबार भने ७३८ रुपैयाँमा भएको थियो। लघुवित्तले २०७५ माघ १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री गरेको थियो भने फागुन २७ गते नेप्सेमा शेयर कारोबार खुलेको थियो।

लघुवित्तको शेयरमूल्य हालसम्मकै उच्च विन्दुमा रहेका कारण तत्कालको लागि प्रतिरोध विन्दु निर्धारण गर्न नसकिने अवस्था छ।

गत साता लघुवित्तको एमएसीडिमा बुलिश क्रसओभर देखिएको थियो। यसले आगामी दिनमा लघुवित्तको शेयरमूल्य अझ बढ्ने सङ्केत गर्दछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।