गत साता साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Apr 07, 2024 06:07 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २०३५.६४ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५५ प्रतिशत अर्थात ३१.५९ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ।

गत साता नेप्सेमा त्रैमास अन्त्यको प्रभाव देखिएको थियो। लगानीकर्ताहरुले ब्याज रकम जोहो गर्न शेयर बिक्री गर्दा सो साता सूचकमा दबाब परेको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

गत साता नेप्से ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। नेप्से परिसूचक दैनिक जसो सामान्य अंक घटिरहेका कारण लगानीकर्ताहरु सो अवस्थामा रहेका हुन्। हाल नेप्सेको टेवा क्षेत्र १९१५ देखि १९५० सम्म रहेको छ। त्यस्तै, नेप्सेको प्रतिरोध क्षेत्र भने २११५ देखि २१५० सम्म रहेको छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो कारोबार दिन नेप्सेमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब १८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १२.२६ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्रमा रहेको छ। त्यसैगरी, एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। यसले सो साता बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजार शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। यद्यपि, यो विस्तारै ओभरसोल्ड जोनतर्फ झरिरहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।