गत साता साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Aug 11, 2025 05:39 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २९२२.६३ विन्दुमा बन्द भएको नेप्से, गत साता २.४७ प्रतिशत अर्थात ७२.२६ अंक घटेर २८५०.३७ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

अघिल्लो साताको टेवा क्षेत्रभन्दा तल

अघिल्लो साता नेप्सेको टेवा क्षेत्र २८८० देखि २९२० सम्म थियो। गत साता नेप्से सो टेवा क्षेत्रभन्दा तल बन्द भएको छ। यस अनुसार आगामी दिनका लागि सो क्षेत्र प्रतिरोध क्षेत्र बनेको छ। यस साता नेप्से परिसूचक ओरालो लागेमा २७६० देखि २८०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले हरियो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ८८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १५ अर्ब ९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३४.५२ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुबै रेखाहरु बीचको दूरी फराकिलो बन्दै गइरहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्रीचाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।