गत साता करिब १३ अंक घटेको नेप्से, यस साता के होला?

Mar 31, 2024 06:24 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १३ अंक घटेर बन्द भएको थियो। अघिल्लो साता २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, गत साता १२.९३ अंक घटेर २०३५.६४ विन्दुमा झरेको थियो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। गत साता मंगलबार र बिहीबार नेप्से सामान्य अंक बढेको थियो।

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यो एक रिभर्सलको संकेत हो। निरन्तर घट्दो बजारमा बनेको यो मैनबत्तीले आगामी दिनमा नेप्से रिभर्स हुने अर्थात बढ्ने संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता नेप्सेमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

‘पर्ख र हेर’ को अवस्था

हाल नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता नेप्से उकालो लागेमा २११५ देखि २१५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा १९१५ देखि १९५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

कमजोर भोल्यूम

नेप्से घटेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २०.०६ प्रतिशत कम हो।

बियरिश क्रशओभर

गत साताको पहिलो कारोबार दिन नेप्सेले बियरिश क्रशओभर बनाएको थियो। एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले बजार घट्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।