आइएमई जनरलको खुद नाफा करिब १४ प्रतिशतले वृद्धि

Feb 12, 2020 06:04 PM Merolagani



आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दास्रो त्रैमास सम्ममा ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा १३.७१ प्रतिशत अर्थात ८० लाख २८ हजार रुपैयाँले बढी हो ।

गत वर्षको दोस्रो त्रैमास सम्ममा इन्स्योरेन्सले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४ करोड १६ लाख रुपैयाँले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै पुर्नबीमा कमिशन वापत ८ करोड ९ लाख, लगानी कर्जा तथा अन्य आयवाट १ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ, बीमा कोषमा २८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ५१ हजार ३१३ वटा बीमालेख जारी गरी ६७ करोड ५४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ४ हजार ४४० बीमालेख नवीकरण भएका छन् ।

यस अवधिमा कम्पनीले १ हजार ८६९ कुल दाबी वापत २२ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७९८ दाबी वापत ७६ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ०५ पैसा, प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २७.४३ गुणा बढी छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।