हिमालयन जनरल इन्स्योरेन्सको व्यवसाय खुम्चिएसंगै नाफा १६.५५ प्रतिशतले घट्यो

Feb 12, 2020 04:52 PM Merolagani



हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिमा खुद नाफा १६.५५ प्रतिशतले घटेर ७ करोड १८ लाख रुपैयाँमा सिमित भएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्स ८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपछि नाफा समेत प्रभावित बनेको हो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २ करोड ५७ लाख रुपैयाँले घटेर १६ करोड ३४ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १८ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ५ करोड ६३ लाख, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ३५ लाख आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ८६ हजार रुपैयाँ, बीमा कोषमा ५१ करोड २६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा, प्रतिशेयर आम्दानी १८१ रुपैयाँ ०६ पैसा र मूल्य आम्दानी अनुपात ४६.३२ गुणा छ ।

कम्पनीले २९ हजार ९३२ वटा बीमालेख जारी गरी ६९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । २ हजार ४०४ वटा दाबी वापत १८ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले एक हजार १९७ दाबीका लागि एक अर्ब ३४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।