नेको इन्स्योरेन्सको नाफा घट्यो, खुद बीमाशुल्क भने १० करोड बढ्यो

Feb 13, 2020 12:19 PM Merolagani



नेको इन्स्योरेन्स (NIL) को नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ५५ लाख ४८ हजार रुपैयाँले घटेर १६ करोड ४७ लाख रुपैयाँमा सीमित भएको हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १७ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १० करोड ६८ लाख रुपैयाँले बढेर ७० करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ६० करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १२ करोड ३७ लाख, लगानी कर्जा तथा अन्यबाट ४ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ।

एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ६७ लाख, बीमा कोषमा ६८ करोड ९८ लाख र महाविपत्ती कोषमा ६ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात १६.७९ गुणा रहेको छ।

यस अवधिसम्ममा कम्पनीले १ लाख १७ हजार ८०९ वटा बीमालेख जारी गरी एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यस्तै, कम्पनीले १७ सय ७६ वटा दाबी बापत ३८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ६०३ वटा दाबी बापत ४० करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।