नेको इन्स्योरेन्सको नाफा घट्यो, खुद बीमाशुल्क भने १० करोड बढ्यो

Feb 13, 2020 12:19 PM Merolagani



नेको इन्स्योरेन्स (NIL) को नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ५५ लाख ४८ हजार रुपैयाँले घटेर १६ करोड ४७ लाख रुपैयाँमा सीमित भएको हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १७ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १० करोड ६८ लाख रुपैयाँले बढेर ७० करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ६० करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १२ करोड ३७ लाख, लगानी कर्जा तथा अन्यबाट ४ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ।

एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ६७ लाख, बीमा कोषमा ६८ करोड ९८ लाख र महाविपत्ती कोषमा ६ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात १६.७९ गुणा रहेको छ।

यस अवधिसम्ममा कम्पनीले १ लाख १७ हजार ८०९ वटा बीमालेख जारी गरी एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यस्तै, कम्पनीले १७ सय ७६ वटा दाबी बापत ३८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ६०३ वटा दाबी बापत ४० करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।