एनएलजी इन्स्योरेन्सको खुद नाफामा सामान्य सुधार

Feb 12, 2020 04:53 PM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७५ लाख ८८ हजार खुद नाफा कमाएको छ । गत वर्ष यहि अवधिको तुलनामा कम्पनीले ३.६४ प्रतिशत अर्थात ३० लाख ८० हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ४३ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा २१.२९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ३५ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन १४ करोड ४२ लाखरुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी ६४ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा २४ करोड २१ लख रुपैयाँ, बीमा कोषमा ८३ करोड ६० लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात २५.५९ गुणा बढी छ ।

कम्पनीले ९२ हजार ५४३ वटा बीमालेख जारी गरी ९२ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीकोमा १३ हजार २२६ वटा बीमालेख नवीकरण भएका छन् ।
कम्पनीले ३ हजार ६७० वटा दाबी बापत ६० करोड ८८ लाख ८४ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ३३० वटा दाबी वापत ६८ करोड ४५ लाख भुक्तानी गर्न बाँकी छ ।

 

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।