प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपछि नाफा प्रभावित

Feb 12, 2020 01:48 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को खुद बीमाशुल्क घटेसँगै नाफा प्रभावित भएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ५.४ प्रतिशतले घट्दा नाफा समेत प्रभावित भएको हो।

सो अवधिसम्ममा इन्स्योरेन्सले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४४ लाख २८ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ६ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ५.४ प्रतिशत अर्थात एक करोड ३५ लाख रुपैयाँ घटेर २३ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएको थियो।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ८ करोड ८२ लाख, लगानी कर्जा तथा अन्य आयबाट २ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २१ करोड ७० लाख रुपैयाँ, बीमा कोषमा ४९ करोड ९४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले यस अवधिसम्ममा ५९ हजार १४२ वटा बीमालेख जारी गरी ५९ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यस अवधिमा कम्पनीले २ हजार ७१३ दाबी बापत ४५ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार १३९ दाबी बापत अझै ४८ करोड ५२ लाख रुपैयाँको भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात २७.४८ गुणा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।