लुम्बिनी जनरल इन्स्योरेन्स खुद नाफामा सामान्य सुधार, खुद बीमाशुल्क भने घट्यो

Feb 13, 2020 12:59 PM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५ लाख रुपैयाँ मात्रै बढी हो।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क भने गत आर्थिक वर्षको दोस्रो त्रैमासको तलुनामा १४.८२ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३६ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ३१ करोड ३७ लाख मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन बापत ७ करोड ९५ लाख, लगानी कर्जा तथा अन्यबाट ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ९८ लाख रुपैयाँ, बीमा कोषमा ५८ करोड ९ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात २२.०५ गुणा छ।

यस अवधिमा इन्स्योरेन्सले ६२ हजार ५८३ बीमालेख जारी गरी ६१ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको ७ हजार ४७० बीमालेख नविकरण भएका छन्।

कम्पनीले २ हजार ७७४ दाबी बीमा बापत ३९ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९२ दाबी बापत ५७ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।