सगरमाथा इन्स्योरेन्सको खुद नाफा २२ प्रतिशतले वृद्धि

Feb 12, 2020 01:24 PM Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.४ प्रतिशत अर्थात एक करोड ९० लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ४८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो।

कम्पनीले यस अवधिमा खुद बीमाशुल्क पनि ४ करोड ८३ लाख रुपैयाँले बढाएर ५६ करोड ८३ लाख रुपैयाँ पुर्‍याएको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा कम्पनीले ५१ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशनबाट १६ करोड ४० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड २१ लख र अन्य प्रत्यक्ष स्रोतबाट १२ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ।

हाल एक अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड १५ लाख रुपैयाँ, बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा १० करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले यस अवधिसम्ममा ८७ हजार ५८३ नयाँ बीमालेख जारी गरी एक अर्ब २३ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको २० हजार ५४७ वटा बीमालेख नवीकरण भएका छन्।

कम्पनीले ३ हजार ४८८ वटा दाबी बापत ५७ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४६० दाबी बापत ८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक  प्रतिशेयर आम्दानी २० रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात २८.४२ गुणा छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।