रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क एक अर्ब नजिक

Feb 14, 2020 10:18 AM Merolagani



रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ८६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३६ करोड ३६ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा लगानी कर्जा तथा अन्यबाट ६ करोड ४५ लाख रुपैयाँ खुद आम्दानी गरेकाे छ।

कम्पनीको खुद नाफा पनि ३ करोड ३३ लाख रुपैयाँ बढेर १३ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ८७ करोड २६ लाख रुपैयाँ, जगेडा कोषमा ५६ करोड ६५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको हालसम्म १९ लाख ९२ हजार २७६ बीमालेख जारी गरी हालसम्म २ अर्ब ६६ करोड ५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिसम्म कम्पनीले १ हजार ४३३ दाबी बापत १३ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९४ पैसा, प्रतिशेर नेटवर्थ १४३ रुपैयाँ ९८ पैसा रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।