रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क एक अर्ब नजिक

Feb 14, 2020 10:18 AM Merolagani



रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ८६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३६ करोड ३६ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा लगानी कर्जा तथा अन्यबाट ६ करोड ४५ लाख रुपैयाँ खुद आम्दानी गरेकाे छ।

कम्पनीको खुद नाफा पनि ३ करोड ३३ लाख रुपैयाँ बढेर १३ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ८७ करोड २६ लाख रुपैयाँ, जगेडा कोषमा ५६ करोड ६५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको हालसम्म १९ लाख ९२ हजार २७६ बीमालेख जारी गरी हालसम्म २ अर्ब ६६ करोड ५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिसम्म कम्पनीले १ हजार ४३३ दाबी बापत १३ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९४ पैसा, प्रतिशेर नेटवर्थ १४३ रुपैयाँ ९८ पैसा रहेको छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।