राष्ट्रसेवक कर्मचारीको बीमा सेवा हस्तान्तरणपछि राष्ट्रिय बीमा संस्थानकाे खुद बीमाशुल्क उल्लेख्य बढ्यो

Feb 13, 2020 01:27 PM Merolagani



सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ अर्ब ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २९.२२ प्रतिशत अर्थात एक अर्ब २८ करोड ७५ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थानले ४ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमाशुल्क उल्लेख्य बढेको हो। राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ८ करोड बीमाशुल्क संकलन गरेको संस्थानले जनाएको छ।

यस्तै, कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब १० करोड ६२ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जा प्रवाह गरी ५ करोड ६६ लाख र अन्य प्रत्यक्ष श्रोतबाट १ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ।

संस्थानको बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफा पनि २ करोड ७० लाख रुपैयाँले बढेर ३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थानले ८२ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको संस्थानको जगेडा कोषमा २६ करोड २१ लाख, जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ सञ्चित छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।