आईएमई लाइफ खुद बीमाशुल्क करिब ६१ करोड, जीवन बीमा कोषमा एक अर्ब

Feb 14, 2020 10:11 AM Merolagani



आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३३ करोड ४९ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २६ लाख रुपैयाँ, बीमालेख धितोबाट ३३ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा भने करिब १० लाख रुपैयाँले घटेर ६ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा एक अर्ब २ करोड ७७ लाख रुपैयाँ, जगेडा कोषमा २४ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले हालसम्म १ लाख ३ हजार ९४५ बीमालेख जारी गरी २ अर्ब ६ करोड ९० लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ। यस अवधिसम्ममा कम्पनीले ७७ दाबी बापत ६ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ७४ पैसा, प्रतिशेर नेटवर्थ १२० रुपैयाँ ४ पैसा रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।