आईएमई लाइफ खुद बीमाशुल्क करिब ६१ करोड, जीवन बीमा कोषमा एक अर्ब

Feb 14, 2020 10:11 AM Merolagani



आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३३ करोड ४९ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २६ लाख रुपैयाँ, बीमालेख धितोबाट ३३ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा भने करिब १० लाख रुपैयाँले घटेर ६ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा एक अर्ब २ करोड ७७ लाख रुपैयाँ, जगेडा कोषमा २४ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले हालसम्म १ लाख ३ हजार ९४५ बीमालेख जारी गरी २ अर्ब ६ करोड ९० लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ। यस अवधिसम्ममा कम्पनीले ७७ दाबी बापत ६ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ७४ पैसा, प्रतिशेर नेटवर्थ १२० रुपैयाँ ४ पैसा रहेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।