नेपाल लाइफको अग्रता कायमै, नेप्सेमा सूचीकृत सात जीवन बीमा कम्पनी कुन कस्तो ?

Feb 14, 2020 06:06 PM Merolagani

अरूण पाख्रेन

चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ । जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये नेपाल लाइफ धेरै अगाडि छ भने अन्य कम्पनीहरुले पछ्याउँदै आइरहेका छन् ।

आफ्नो व्यवसायको आकारलाई निरन्तर विस्तार गर्दै नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो ।

जीवन बीमा कम्पनीहरुमा सबै भन्दा धेरै शेयर मूल्य समेत रहेको नेपाल लाइफ बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष र चुक्ता पूँजीमा समेत अग्रस्थानमा छ ।

नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । यस्तै सूर्या लाइफ, एशियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र प्राइम लाइफ इन्स्योरेन्सले न्यूनतम २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी पुर्याएका छन् । गुराँस लाइफको चुक्ता पूँजी भने सबै भन्दा कम ९३ करोड ८५ लाख रुपैयाँ छ ।

  • खुद बीमाशुल्क साढे ३१ अर्ब माथि, ४४ प्रतिशत नेपाल लाइफकै योगदान

नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल ३१ अर्ब ५६ करोड बीमा शुल्कमा नेपाल लाइफले मात्रै १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोे छ । यो कुल खुद बीमा शुल्कको ४४.०६ प्रतिशत हो ।

यस्तै एलआइसी नेपालले ७ अर्ब ६५ करोड रुपैयाँ, नेशनल लाइफले ३ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २८ करोड, प्राइम लाइफले १ अर्ब ५८ करोड र सूर्या लाइफ १ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । सबै भन्दा कम गुराँस लाइफले ९४ करोड ७७ रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ ।

  • सात कम्पनीको खुद नाफा एक अर्ब कट्यो

सात जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले यस अवधिमा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस पछि नेशनल लाइफ इन्स्योरेन्सले २३ करोड ५८ लाख, प्राइम लाइफले १५ करोड ५० लाख, सुर्या लाइफले १५ करोड १९ लाख, एशियन लाइफले १२ करोड १४ लाख, एलआइसी नेपालले ७ करोड ६८ लाख र गुराँस लाइफले सबैभन्दा कम ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

  • जगेडा र जीवन बीमा कोष

जगेडा र जीवन बीमा कोषमा पनि नेपाल लाइफको सबैभन्दा धेरै रकम सञ्चित गर्ने कम्पनी बनेको छ । नेपाल लाइफको जगेडा कोषमा २ अर्ब ६१ करोड र जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै गुराँस लाइफको जगेडा कोषमा सबैभन्दा कम ३४ करोड ७२ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा सूर्या लाइफको सबै भन्दा थोरै ६ अर्ब २१ करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।

  • प्रतिशेयर आम्दानीमा गुराँस लाइफ र नेटवर्थमा प्राइम लाइफ अगाडि

प्रतिशेयर आम्दानीको आधारमा गुराँस लाइफ इन्स्योरेन्स अघि रहेको छ । यस अवधिमा गुराँस लाइफको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै प्राइम लाइफको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा, नेशनल लाइफको १५ रुपैयाँ ३० पैसा, सूर्या लाइफको १४ रुपैयाँ १० पैसा, नेपाल लाइफको १२ रुपैयाँ ७६ पैसा र एशियन लाइफको १२ रुपैयाँ ०६ पैसा प्रतिशेयर आम्दानी रहेको छ । यस्तै सबै भन्दा कम एलआईसी नेपालको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिशेयर नेटवर्थको आधारमा भने प्राइम लाइफ इन्स्योरेन्स अघि रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा प्राइमको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५९ पैसा, गुराँस लाइफको १३७ रुपैयाँ, सूर्या लाइफको १२६ रुपैयाँ ४० पैसा, एलआईसी नेपालको १२३ रुपैयाँ ६५ पैसा र एशियन लाइफको १२३ रुपैयाँ ६० पैसा कायम छ ।
यस्तै नेशनल लाइफको सबै भन्दा कम प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ४० पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।