मेट लाइफको खुद बीमाशुल्क दुई अर्ब माथि

Feb 13, 2020 01:52 PM Merolagani



मेट लाइफ इन्स्योरेन्स (MALIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४२ करोड ९८ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले यस अवधिमा १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २४ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सले यस अवधिमा पुनर्बीमा कमिशन बापत ४ करोड ६५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ८३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा ९३ करोड ६८ लाख रुपैयाँ लगानी गरी ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सको जगेडा कोषमा २ अर्ब २१ करोड रुपैयाँ, जीवन बीमा कोषमा १७ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा १९ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीले १२ लाख ४९ हजार ४९८ बीमालेख जारी गरी कूल २ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेको छ। इन्स्योरेन्सले यस अवधिमा ३ हजार ३७० दाबी बापत एक अर्ब ३९ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३९ दाबीका लागि ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।